बनेपा र तुकंप्वः गणेश मन्दिर

By:ज्ञानकाजी मानन्धर

कराँतकालदेखि बनेपा एक विकसित बस्तीका रूपमा थियो । त्यस बखत यो बस्तीलाई भुजङ्ग भन्ने गरिन्थ्यो । त्यो बेलाभुजङ्ग अर्थात बनेपाको भोलाखा एरिया मात्र थियो । ‘पछि श्रीराजा जयदेवले लाले पट्टन, कान्तिपुर २ सहरको राज्य भोग गरपछि ेआनन्ददेवले अधिग्राम भइरहेकोलाई साइत पारी भैरवनाथलाईमध्य पारी कलिगत वर्ष ४१४९ मा १२ टोलको १२ हजारको सहरबसाई देश रक्षा खातिर गणग्वरण देवदेवीहरू स्थापना गरी देशबसाई बनेपा, खड्पू, पनौती, साँगा, धुलिखेल, चौकोट र नाला गरीसात गाउँ बसाई आफूले राज्य चलाई बसेका हुन्’ भनी देवमालावंशावलीमा उल्लेख छ ।यसरी आनन्ददेवले चारैतर्फ छरिरहेका ससानाबस्तीहरूलाई एकीकृत गरी यहाँको भोलाखासँग गाभेर आठ दिशामाआठ गणेशहरूलाई दिक्पालका रूपमा प्रतिष्ठापन गरी नयाँ बनेपानिर्माण गर्दा यहाँ सात सय घरहरू थिए ।गणेश अत्यन्तै महत्वपूर्ण देवता हुन् । हामीले जुनसुकैशुभकार्य सुरु गर्दा सबैभन्दा पहिले गणेशलाई नै पूजा गर्ने गर्दछाँै ।पाञ्चायन (गणेश, सूर्य, देवी, विष्णु र शिव) मा पनि गणेशकोअग्रपूजा हुन्छ । बनेपाका आठ किसिमका देवताका रूपमाबनेपालीहरूले मान्दै आइरहेका छन् । नैऋत्य कोण अर्थात् दक्षिणर पश्चिमका बीचमा प्रतिष्ठापित गणेश, जसलाई क्वःला गणेशभनिन्छ । नृत्य, सङ्गीत, वाद्यवादन (नाथेश्वर) का देवताकारूपमा मान्दछन् त पश्चिमको गणेश, जसलाई तलापुखू गणेशभनिन्छ । लाय्कू अर्थात् दरबार (काठमाडौँको मरुगणेश जस्तै)सम्बन्धित हुन् । तलापुखू गणेश तलेजु (मल्लराजाहरूकी कुलदेवी)सँग सम्बन्धित छन् । पश्चिम र उत्तरका बीचमा अवस्थितगणेशलाई प्वाकः गणेश भनिन्छ । प्वाकः गणेशले जाँड, रक्सीमीठो पारिदिन्छन् भन्ने जनविश्वास छ । पहिले–पहिले ठूलो भोजखुवाउनुपर्दा जाँड, रक्सी बनाउँदा यी देवतालाई पूजा गर्ने गर्दछन् ।उत्तरपट्टि बादे खलकको बस्तीतिरको गणेशलाई सिद्धिप्राप्तिकालागि पूजा गर्दछन् । उत्तर र पश्चिमका बीचमा अर्थात् ईशानकोणको गणेशलाई काँथु गणेश भन्दछन् । काँथु गणेश क्वाठ अर्थात्मल्लकालीन मिलिटरी क्याम्पसँग सम्बन्धित गणेश हो । पूर्वतर्फअर्थात् वकु गणेश (पूर्वतर्फको गणेश) व्यापारसँग सम्बन्धित गणेशहो । नेवारी भाषामा ‘व’ को अर्थ पूर्व हो । त्यसैले वकु गणेशपूर्वका गणेश हुन् । आग्नेय कोणका गणेश, जसलाई हामी कोभागणेश भनेर मान्दछौँ, ती कृषिका देवता हुन् । असारको आगमनमायी देवतालाई वर्षाका लागि पुकारा गर्दै विशेष किसिमले सरकारीस्तरबाटै अद्यापि पूजा गर्दै आइराखेका छन् । दक्षिणपट्टिका गणेशतुकंप्वः गणेश हुन् । यी देवताले हराएको माल भेट्टाइदिने र परदेशगएका मानिसहरूको खबर ल्याइदिने भनी मानिसहरूले पुकारागर्दछन् । यी आठै गणेशहरू दक्षिणाभिमुख छन् । यसरी आठदिशामा आठ गणेशले छरिएर बनाइएको बनेपालाई ने. सं. ४०५साल, ने. सं. ५११ साल र अन्य पुराना–पुराना ताडपत्रहरूमाविनयापुरी, विनायकपुरी भनी उल्लेख गरिएका छन् । विनया अथवाविनायकको अर्थ गणेश हो, पुरीको अर्थ सहर हो । गणेशहरूलेपरिवेष्ठित सहर बनेपालाई उत्तरप्राचीन कालमा विनयापुरी अथवाविनायकपुरी भन्ने गर्दथे ।ने. सं. ९१६ वर्षअघि राजा आनन्ददेवले पर्खालले घेरिएरआठ दिशामा आठ ढोका राखेर बनेपा निर्माण गरका थिए े । प्रत्येकढोकानजिक एक–एकवटा गणेशको मन्दिर र प्रत्येक मन्दिरनजिकैएक–एकवटा पोखरी र एक–एकवटा पाटी थिए । अहिले केहीपोखरीहरू सार्वजनिक कामका लागि प्रयोग भइसकेका छन् ।काँथु गणेश र कोभा गणेशका पाटीहरू बाहेक अरू पाटीहरूभत्किएर कुनैका अवशेष नै बाँकी छैनन् । पहिले–पहिले पोखरीमा मानिसहरू मुख धोएर प्रत्येक पाटीमा बसेर आआफ्ना टोलका दाफाभजन खलकका मानिसहरू भजन गरी आरती लिई शुद्ध मनलेमानिसहरू आनन्दले आआफ्नो जीवन बिताउँथे । अहिले भजन गर्नपाटीहरू नभएका कारण कुनै–कुनै यी गणेशका दाफा भजनहरूकापुराना–पुराना हस्तलिखित भजन–गीतहरू भएका कापीहरू जीर्णर बेवास्ताका कारण हराइसकेका छन् । यसरी बनेपाको संस्कृतिझन्–झन् लोप हुँदै गइरहेको छ ।बनेपामा प्रचलित एउटा जन्मश्रुतिअनुसार आनन्ददेवलेबनेपा निर्माण गर्दा सबैभन्दा पहिले यो तुकंप्वः गणेशलाई नैप्रतिष्ठापन गरका थिए र े े ! हुन पनि बनेपाका आठ गणेशमध्ये योगणेश नै सबैभन्दा लोकप्रिय हो । दिनहुँ यो गणेशलाई दर्शन गर्नआउनेहरूको भीड हुँदो रहेछ । बनेपाका अन्य टोलका मानिसहरू,अझ अर्कै ठाउँका मानिसहरूपनि तुकंप्वः गणेशको दर्शनगर्न आउने गर्छन् । जात्रापर्वमात श्रद्धालु भक्तजनहरू, योगणेशलाई पूजा गर्न आउनेहरूकोयति भीड हुन्छ कि पूजा गर्नलाईघण्टौँ लाइनमा बस्नुपरको े हुन्छ ।काठमाडौँको मरुगणेशको प्रतिमाखटमा राखी विजयादशमीकोदिनमा जात्रा गरजस्े तै यो देवताकोपनि क्वने साः (तीलको तेलपेल्ने कोल) को आयोजनामाप्रतिवर्ष विजयादशमीकै दिनमाराम्रो खटमा गणेशको कलात्मकएवं राम्रो मूर्ति राखी विविधवाद्यवादनसहित जात्रा गरी देशपरिक्रमा गरिन्छ ।चारैतिर कदमकोवृक्षबीचमा उठिरहेको कलात्मकसुन्दर तुकंप्वः गणेशको मूर्ति बनेपा भोलाखाटोलका जहरलाई जिम्मादिएका थिए । त्योभन्दा पहिले यी देवताको खटजात्रा शिलाको अमूर्तगणेश राखी गर्दथे । यिनै जहरमुनिले यी देवताको नाममा साढेएक रोपनी जग्गा जात्राका लागि दान राखिदिएको कुरा अभिलेखलेदेखाउँछ । उक्त जग्गा अद्यापि छ ।साथै ने. सं. १००८ मा उल्लेख भएअनुसार वाँख्य भजनखलःलाई सघाउन एक बारी राखिदिनुका साथै बिहान–बिहानमुहाली बजाउने कृष्णवीरसहित दुई कुसले, ढोलक बजाउने कालुदोर माता बाजा बजाउने एकजना गरी जम्मा तीन बारी दिए । बिहान–बिहान मुहाली बजाउने काम म सानै छँदा कालुजुगी र कालु भन्नेकुसलेसँग गणेशको पाटीमा बसी बजाउने गथ्र्यौं ।नेवारी भाषामा मन्दिरलाई द्यगः भनिन्छ । द्यगःको अर्थदेवगृह अर्थात् कुनै देव या देवी प्रतिष्ठापन गरी निर्माण गरिएको घरहो । तीनतले तुकंप्वः गणेशको मन्दिर प्यागोडा शैलीमा मल्लकालीनराजाको पालामा निर्माण गरिएको थियो । यसरी प्यागोडा शैलीमाभएका गणेशका मन्दिरहरूमा काँथु गणेश र कोभा गणेशका मन्दिरहरूमात्र बाँकी छन् । तुकंप्वः गणेशको मन्दिर कहिले बनाइयो भन्ने कुराकतै कुनै अभिलेख भेटिएको छैन । तर भोलाखा टोलका जहरमुनिमानन्धरले वि. सं. १९४८ मा सुनकोगजुर राखिदिएको कुरा अभिलेखलेदेखाउँछ । त्यसको धेर वर्षपछि बहिलका ैसाहु स्व. रत्नमान श्रेष्ठले यो मन्दिरमानयाँ गजुर राखिदिए भन्ने यहाँका टोलकामानिसहरू भन्दछन् । तर त्यो गजुरवि. सं. २०१४ साल भाद्र कृष्णपक्षप्रतिपदाको मध्यरातमा चोररे लगेकालेत्यसको अभिलेख पाउन सकेको छैन ।तीनतले तुकंप्वः गणेश मन्दिरकोप्रवेशद्वार माथि काठको धातुपाता जडानगरिएको अर्धगोलाकार आकृतियुक्ततोरणमा दायाँ भैरब, बायाँ भैरबी रबीचमा गणेशका मूर्ति छन् । तोरणलाईमन्दिरको ऐना भनिन्छ । त्यसैले भित्रप्रतिष्ठापित देवताका विषयमा गहनविचार गर्दा तोरणबाट खुल्न आउँछ भनीविद्वान्हरू भन्छन् । त्यस्तै एउटा पुरानोतोरण माथिल्लो तलामा पनि जडानगरिराखेको छ ।यस्ता किसिमको कलाकृति भएको तुकंप्वः गणेशकोमन्दिरका काठका सबै दलिनहरू, टुँडालहरू र काठबाट बनेका अन्यसामग्रीहरू धमिराले खाएर भत्कने अवस्थामा देखिन आएकालेत्यस टोलका मानिसहरूले अकस्मात मन्दिर भत्किएर पूजा गर्नआउने भक्तजनहरूको ज्यान जाला भनेर जगतनारायण मानन्धरका अध्यक्षतामा ११ सदस्य रहेको एउटा निर्माण समिति बनाएर२०६६ साल भाद्र २३ गते शुक्रबारको दिन विधिको क्षमापूजागरी बनेपा नगरपालिका, जिल्ला विकास समिति काभ्रे, बनेपाप्रहरी कार्यालयका प्रतिनिधिहरूको उपस्थितिमा पुरातत्व विभागबाटखटिएर आउनुभएका अमृतरत्न शाक्यको रखदे े खमा वाँख्य भजनखलःबाट विविध वाद्यवादनसहित भजन–कीर्तन गरी दिनको १२बजेर १५ मिनेट जाँदा सानुकाजी खिं मानन्धरबाट मन्दिर भत्काउनेकाम शुभारम्भ गरको े मा बनेपा नगरपालिकाबाट रु. ६,५०,०००।–(छ लाख पचास हजार), पुरातत्वबाट रु. ५,००,०००।– (पाँचलाख) र अरू सङ्घसंस्था र श्रद्धालु भक्तजनहरूबाट उठेकोसहयोगले अहिले यो मन्दिर राम्ररी निर्माण भइसकेको छ ।केही महिनाअघि हाम्रो अनुरोधबाट पुरातत्व विभागराष्ट्रिय अभिलेखालयका प्रमुखज्यू श्री प्रकाश दर्नाल, पुरातत्वविभागकै अरुणा नकर्मी, प्रतिभा मानन्धर र मोहन (वैद्य) श्रेष्ठयहाँ आउनुभई निर्माण भएको तुकंप्वः गणेश मन्दिर निरीक्षण गर्नआउनुभयो । मन्दिर निर्माण भइसकेको देखेर श्री प्रकाश दर्नालले‘अब यसको उद्घाटन कहिले कसबाट हुने ?’ भन्ने कुरा भन्नुहुँदामैले उहाँहरूलाई भनेँ, ‘नेपाल सरकार संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालय पुरातत्व विभागका महानिर्देशक श्रीमान्भेषनारायण दाहालज्यूको बाहुलीबाट उद्घाटन हुन पाए राम्रो हुनेछ ।त्यसैले यहाँहरूले सो कार्यमा गुहार गरिदिनुभए राम्रो हुनेछ’ भन्दा‘हामीहरू प्रयास गरिदिन्छौँ’ भन्नुभएको थियो । उहाँहरूकै प्रयासबाटआज अर्थात् २०६९ साल मङ्सिर १९ गते श्रीमान् महानिर्देशकश्री भेषनारायण दाहालज्यूको बाहुलीबाट मन्दिरको गजुर प्रतिष्ठापनहुँदैछ । गजुर मन्दिरको माथिल्लो तलाको छानाको बीचमा राखिनेपूर्णकलशको रूप हो । गजुरको मास्तिरको भाग माथिमाथि लक्षितगरी साँगुरिदै चुच्चिएर आकाशसँग यसको नित्य सम्बन्ध हुनुकासाथै यो दिव्यात्माको प्रतीक पनि हो ।मन्दिरको यस्तो महत्वपूर्ण भागको प्रतिष्ठापन श्रीमान्महानिर्देशकज्यूबाट भएको हुने हुँदा श्रद्धालु भक्तजनहरूलाई पनिसहभागी बन्न हार्दिक अनुरोध छ । अङ्ग्रेजी साहित्यका सुप्रसिद्धलेखक फ्रान्सिस बेकनले आफ्नो ‘अफ हाई ¥याङ्क’ भन्ने एकलेखमा लेख्नुभएको छ — ध्जभल जभ ष्क यल तजभ अजबष्च, जभ ष्कबल बलयतजभच mबल । तर श्रीमान् महानिर्देशकज्यू त्यस्ता व्यक्तिहुनुहुन्न । हामीहरू उहाँको कार्यालयमा जाँदा उहाँले हामीलाईआफ्नो दाजुभाइजस्तै सद्व्यवहार गर्नुभएको थियो । यसरी संस्कृतिसंरक्षणको काममा टेवा दिनुहुने श्रीमान् महानिर्देशक श्री भेषनारायणदाहालज्यूको सद्व्यवहारले तुकंप्वः गणेश मन्दिरसँगैको पाटी जुनपहिल्यै थियो, पुनर्निर्माण गर्न हामीलाई प्रोत्साहन मिलेको छ ।आदरणीय श्री भेषनारायण दाहाल पुरातत्वविद् तथा संस्कृति संरक्षणगर्न प्रयत्नशील व्यक्तित्व हुनुहुन्छ ।
(साभार ः काभ्रे टाइम्स साप्ताहिक, वर्ष १६ अङ्क ४७, २०६९मङ्सिर १९ गते मङ्गलबार)

About the Author

ज्ञानकाजी मानन्धर

1
Leave a Reply

avatar
1 Comment threads
0 Thread replies
0 Followers
 
Most reacted comment
Hottest comment thread
1 Comment authors
kmsang Recent comment authors
  Subscribe  
newest oldest most voted
Notify of
kmsang
Admin

dsdsd